
भक्तपुर । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानसंग खेलिरहेको छ ।
इस्ट लण्डनस्थित बफालो पार्क क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो इनिङ्समा ब्याटिङ गर्दै पाकिस्तान समक्ष १९८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
टस जित्दै पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभर खेल्नेक्रममा अन्तिम बलमा अलआउट हुँदा १९७ रन बनायो ।
नेपालका लागि ओपनर ब्याट्म्यान बिपिन रावलले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोड्दा कप्तान देव खनालले ३७ बलको सामना गर्दा ३ चौका प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्कियो ।
त्यस्तै, दिपक दुम्रेले ५८ बलको सामना गर्दा १ छक्का प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा गुलशन झाले ४७ बल खेल्दै १८ रन जोड्दै पेविलियन फर्कियो ।
यता, सुवास भण्डारीले २४ बलमा २० रन जोड्दै आउट हुँदा दिपेश प्रसाद कँडेलले १७ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।
आकाश चन्दले १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोड्दै अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठी समान ६–६, विकेटकिपर उत्तम राणामगर ४ र दुर्गेश गुप्ता शुन्य रनमा पेविलियन फर्कियो ।
नेपालले अतिरिक्त रुपमा २६ रन जोड्यो ।
नेपाललाई अलआउट गर्नेक्रममा पाकिस्तानका लागि अराफत मिनहासले १० ओभर बलिङ गर्दै २ मेडन राखेर २३ रन दिँदै ३ विकेट लिँदा उबैद शाहले ८ ओभर बलिङ गर्दै ४८ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, अहमद हस्सनले ३ ओभर बलिङ गर्दै मात्र १२ रन दिएर २ विकेट लिँदा खुबैब खलिल, मोहम्मद जिशान र अली अस्फान्दले समान १–१ विकेट लिए ।