भक्तपुर । काठमाडौंमा जारी टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले नेडरल्याण्ड्ससमक्ष जितका लागि १८५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा टस जित्दै पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १८४ रन जोड्यो ।

योसंगै भ्रमणकारी डच टोलीले जितका लागि २० ओभरमा १८५ रन जोड्न पर्ने भएको हो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर आसिफ शेखले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४७ रन जोड्दा चौथौं नम्बरमा ब्याटिङ गर्न आएका गुलशन झाले २५ बल खेल्नेक्रममा ३ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, छैटौं नम्बरमा आएका कुशल मल्लले ११ बलमा ३ छक्का प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेलले १९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर कुशल भुर्तेलले १० बलमा १ चौका र २ छकका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा सातौं नम्बरमा आएका करण केसी ९ र पाँचौं नम्बरमा आएका दिपेन्द्र सिंह ऐरी १ रनमा पेविलियन फर्किए ।

आठौं नम्बरमा आएका सोमपाल कामी र १० औं नम्बरमा आएका प्रतिश जिसी समान ६–६ रनमा अविजित रहँदा ९ औं नम्बरमा ब्याटिङमा आएका आरिफ शेख भने शुन्य रनमा पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।

नेडरल्याण्ड्सका लागि स्याब्रान्ड इंगलब्रेच्ट, माइकल लेभिट, टिम भान देर गगटेन र फ्रेड क्लास्सेनले समान २–२ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.