भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्वको खेल नेपालले जितेको छ ।

सनिवार भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।

क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा २७५ रनको विजयी लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ७ विकेटको क्षतिमा २७८ रन बनाउँदै पूरा गरेको हो ।

नेपालका लागि विकेटकिपर आसिफ शेखले ९८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ८१ रनको पारी खेले ।

त्यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि ७४ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन जोडे । युवा खेलाडी कुशल मल्लले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाउँदा कप्तान रोहित पौडेलले ४३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन बनाए ।

सुन्दिप जोरा ३ रनमा पेविलियन फर्किदा कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरी समान १ रनमा आउट भए । सोमपाल कामी ८ रनमा अविजित रहे ।

भ्रमणकारी टोली नामिबियाका लागि रुबिन ट्रम्पपेल्मेन्टले सर्वाधिक ३ विकेट हात पार्दा बेनार्ड स्कोल्ट्जले २ विकेट लिए । ट्यान्जेनी लुङगामेनी र पिङ्की या फ्रान्सले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ५० ओभर खेल्ने क्रममा ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो ।

नामिबियाका लागि जेन ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गर्दै अविजित ७५ रन बनाए ।

यता, लोहान्द्रे लौरेन्सले ५४ बल खेल्दै ८ चौका मद्दतमा ४१ रन जोड्दा पिङ्की या फ्रान्सले ३९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४९ रनमा रनआउट भए ।

रुबिन ट्रम्पपेल्मेन्टले मात्र ७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित २४ रन जोडे । त्यस्तै, माइकल भान लिङगेन ३५ बलमा २ चौका मद्दतमा २२ रन जोड्दै पेविलिया फर्किदा गेरार्ड इरासमसले २९ बलमा १५ रन बनाए ।

निकोल लोफ्टी इटनले ३० बलमा १४ रन जोड्दा नामिबियाले अतिरिक्त रुपमा १३ रन जोडेको थियो ।

घरेलु टोलीका लागि सन्दिप लामिछानेले ३ विकेट लिँदा करन केसीले १ विकेट हात पारे ।

जारी सिरिजमा नेपालले ३ खेलमा शतप्रतिशत जित आत्मसाथ गर्दा नामिबियाले भने खेलेको ३ वटै खेलमा पराजय बेहोरेको छ । नेपालले यसअघि पनि नामिबियालाई पराजित गरेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.