भक्तपुर । नेपालले ३ खेलको एकदिवसिय अन्तर्राष्ट्रिय (आडिआई) सिरिजमा अन्तर्गत पहिलो खेलमा क्यानडामाथि जितका लागि मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले क्यानडामाथि जितका लागि २२५ रनको मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जित्दै पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै २२४ रन जोड्यो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६२ रनको अर्धशतकिय पारी खेल्दा आरिफ शेखले ५० बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ३८ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, सोमपाल कामीले २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा भिम सार्कीले २६ बल खेल्दै २ चौका प्रहार गरेर १७ रन जोडेर पेविलयन फर्किए ।

यता, कुशल मल्लले ३२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा पवन शराफले ३४ बलमा १ चौका प्रहार गरेर १५ रन जोड्दै पेविलियन फर्किए ।

नेपालका लागि कप्तान रोहित पौडेल र विकेटकिपर आसिफ शेखले समान ८–८ रन जोड्दा डेब्यु खेल खेलिरहेका रिजन ढकाल ४ र ललित राजबंशी २ रन बनाएर पेविलियन फर्किए ।

सुर्य तामाङ भने १० रनमा अविजित रहे ।

नेपालले अतिरिक्त रुपमा १४ रन जोड्यो ।

क्यानडाका लागि उदय भगवानले ८ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै ४० रन दिएर ३ विकेट लिँदा साद बिन जफरले १० ओभर बलिङ गर्दै ४४ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, इश्वरजोत सिंह सोहीले ८ ओभर बलिङ गर्दै ३० रन दिएर २ विकेट लिँदा शाहिद अहमदजायी र हर्ष थाकेरले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.