भक्तपुर । काठमाडौमा जारी एसीसी प्रिमियर लिगअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल कतारलाई जितका लागि १५८ रनको समान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

विहिवार क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा टस हार्दै पहिला ब्याटिङमा आएको घरेलु टोली नेपाल खराब ब्याटिङ गर्ने क्रममा ४०.३ ओभरमा अलआउट हुँदै १५७ रनमा समेतिएसंगै कतारलेसमान्य विजयी लक्ष्य पाएको हो ।

नेपालका लागि स्पिनर सन्दिप लामिछानेले ५८ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ४२ रन बनाएका थिए ।

नेपालका कुनैपनि अन्य ब्याटर आज चल्न सकेनन् । कप्तान रोहित पौडेल ३६ बलमा २ चौका मद्दतमा २७ रन बनाएर पेविलियन फर्किदा विकेटकिपर आसिफ शेख २७ बल खेल्दै २ चौकाको सहयोगमा १९ रन जोड्दै आउट भए ।

दिपेन्द्र सिंह ऐरी १९ बलमा १२, आरिफ शेख २७ बलमा ११, सोमपाल कामी २७ बलमा ११ रन बनाउँदै पेविलियन फर्किदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

भिम सार्की ६, कुशल मल्ल ३, कुशल भुर्तेल २, गुलशन झा ७ रनमा आउट हुाँ ललित राजबंशी १ रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा १६ रन जोड्यो ।

नेपाललाई सस्तैमा समेत्न कतारका अमिर फारुकले ९.३ ओभर बलिङ गर्दै ४२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।

त्यस्तै, ओवाइस अहम्मेदले १० ओभरमा ३६ रन दिएर ३ विकेट लिँदा गायान मुनावेराले ७ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर २ विकेट लियो ।

यता, मुहम्मद इक्रामुल्लाहले १० ओभरमा २८ रन दिएर १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.