भक्तपुर । नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन् ।
ढाकामा शुक्रबार भएको म्याराथनअन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन् ।
निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै पुष्पाले स्वर्ण पदक जितेकी हुन् ।
त्यस्तै, श्रीलंकाकी सुजनी परेरा दोस्रो हुँदै रजत जितिन् । तेस्रोमा नेपालकै वृन्दा श्रेष्ठ भइन ।