भक्तपुर । काठमाडौंमा जारी टि–२० अन्तर्राष्ट्रिय त्रिदेशिय सिरिजअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

बुधवार भएको खेलमा नेपाल नेडरल्याण्ड्ससंग २ रनले पराजित भएको हो ।

लगातारको हारसंगै नेपालले सिरिजमा २ खेल खेलिसक्दा अंकको खाता खोल्न सकेको छैन ।

भ्रमणकारी टोली नेडरल्याण्ड्सले भने नेपाललाई पराजित गरेसंगै २ अंक जोडेको छ ।

त्यसअघि मंगलवार नेपाल नामिबियासंग २० रनले पराजित भएको थियो ।

क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १८५ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १८२ रनमा समेतियो

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकिय पारी खेल्दा कप्तान रोहित पौडेलले ३६ बल खेल्नेक्रममा ६ चौका र २ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।

त्यस्तै, आसिफ शेखले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन जोडेर आउट हुँदा करण केसीले ७ बलमा १ छक्का प्रहार गर्दै ११ रन जोडेर रनआउट भए ।

यता, कुशल मल्लले ७ बलमा १ छक्का प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किदा सुन्दिप जोरा ८ रनमा पेविलियन फर्किए ।

प्रतिश जिसी १ र गुलशन झा शुन्य रनमा अविजित रहँदा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र सोमपाल कामी शुन्य रनमा पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

नेपालमाथि जित निकाल्न रोयल्फ भान देर मेर्वेले ४ ओभर बलिङ गर्दा २४ रन दिएर २ विकेट लिँदा स्याब्रान्ड इंगलब्रेच्टले २ ओभर बलिङ गर्नेक्रममा १३ रन दिएर २ विकेट लिए ।

त्यस्तै, भिभियान किंगमा, टिम भान देर गग्टेन र आर्यान दत्तले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेडरलयाण्ड्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १८४ रन जोड्यो ।

डच टोलीका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले ३६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दा स्याब्रान्ड इंगलब्रेच्टले ३८ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै ४९ रन जोड्दै अविजित रहे ।

त्यस्तै, कप्तान तथा विकेटकिपर स्कट इडवार्ड्सले १६ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडेर रनआउट हुँदा तेजा निदामनुरुले २४ बल खेल्दै ३ चौका प्रहार गरेर ३१ रन जोड्दै रनआउट भए ।

अर्का ओपनर म्याक्स ओडोडले ४ रन बनाउँदै पेविलियन फर्किए ।

डच टोलीले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

नेपालका लागि करण केसीले ३ ओभर बलिङ गर्नेक्रममा २९ रन दिएर १ विकेट लिँद कुशल मल्लले ४ ओभर बलिङ गर्दै ३७ रन खर्चिएर १ विकेट लिए ।

सिरिजअन्तर्गत विहिवार नेडरलयाण्ड्सले नामिबियासंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.