
भक्तपुर । नेपालले टि–२० आई ट्रि सिरिजमा नेडरल्याण्ड्समाथि जित निकालेको छ ।
विहिवार राति भएको खेलमा नेपालले नेडरल्याण्ड्समाथि ६ विकेटको जित निकालेको हो ।
जितसंगै नेपाल सिरिजको शीर्ष स्थानमा उक्लिएको छ ।
स्कटल्याण्डको टिटउड क्रिकेट मैदानमा भएको खेलमा १७५ रनको मध्यम विजयी लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर १८० रन बनाउँदै पूरा गर्यो ।
नेपाललाई जिताउन ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५१ बलमा ६ चौका प्रहार गर्दै ६५ रनको अर्धशतकिय पारी खेल्दा आरिफ शेखले २३ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गरेर ३९ रन बनाएर रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिए ।
त्यस्तै, भिम सार्कीले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा दिपेन्द्र सिंह ऐरीले १२ बल खेल्दै १६ रन जोडेर अविजित रहे ।
यता, लोकेश बमले ४ बलमा २ छक्का प्रहार गर्दै १२ रन जोडेर अविजित रहँदा अर्का ओपनर तथा विकेटकिपर आशिफ शेख ७ र कप्तान रोहित पौडेल ५ रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
डच टोलीका लागि बिन फ्लेटचर, आर्यान दत्त, ज्याच लाइबन काचेट र रोयल्फ भान देर मेर्वेले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेको नेपालले नेडरल्याण्ड्सलाई पहिला ब्याटिङमा निम्त्यायो ।
नेडरल्याड्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १७४ रन जोड्यो ।
डच टोलीका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रनको अर्धशतकिय पारी खेल्दा रोयल्फ भान देर मेर्वेले २१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेर ३६ रन जोडे ।
त्यस्तै, सकिब जुल्फिकरले ११ बलमा २ चौका प्रहार गर्दै १४ रन बनाएर आउट हुँँदा आर्यान दत्तले १८ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर अविजित रहे ।
अन्य व्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
डच टोलीले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
नेपालका लागि करण केसीले २ विकेट लिँदा ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने र रुपेश कुमार सिंहले १–१ विकेट लिए ।