भक्तपुर । बलियो नेडरल्याण्ड्समाथि नेपालले दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा शानदार जित हासिल गरेको छ ।

सनिवार भएको खेलमा बलियो एशोसियट राष्ट्र नेडरल्याण्ड्समाथि नेपालले ९ विकेटको शानदार जित हासिल गरेको हो ।

योसंगै नेपालले लिग २ सिरिजमा दुई खेल खेल्दा पहिलो जित निकाल्दै महत्वपूर्ण २ अंक जोडेको छ ।

यसअघि विहिवार भएको खेलमा नेपाल नामिबियासंग ४ विकेट ले पराजित भएको थियो ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १३८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा १ विकेट गुमाउँदै ११४ रन जोड्यो ।

नेपालको ऐतिहासिक जितमा ओपनर ब्याट्सम्यान आसिफ शेख र अनिल शाहले शतकिय साझेदारी गर्दै जित दिलाए ।

नेपालले पहिलो पावर प्लेमा १ विकेटको क्षतिमा १०० रनको शतक बनाउँदै विष्पोटक पारी खेल्दै जितको आधार तय गर्यो ।

नेपालको जितमा आसिफ शेखले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा अनिल साहले ३६ बल खेल्नेक्रममा ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन जोडेर अविजित रहे ।

त्यस्तै, अर्का ओपनर कुशल भुर्तेलले ११ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए ।

नेपालले अतिरिक्त रुपमा २ रन जोड्यो ।

डच टोलीका लागि भिभियान किंगमाले ३ ओभर बलिङ गर्दै २८ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेको नेपालले नेडरल्याण्ड्सलाई पहिला ब्याटिङमा निम्त्याएपछि नेडरल्याण्डले ३९ ओभरको खेलमा अलआउट हुँदै १३७ रन जोड्यो ।

डच टोलीका लागि कप्तान स्कट इवार्ड्सले ४९ बलमा १ चौका प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किदा बास दि लिडले ४४ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट भए ।

त्यस्तै, स्याब्रान्ड इगलब्रेच्टले ३५ बलमा ३ चौका प्रहार गरेर २३ रन जोड्दा नोह क्रोएसले २४ बलमा १ चौका मद्दतमा १२ रन जोडेर रनआउट भए ।

यता, म्याक्स ओडोड १० रनमा रनआउट हुँदा आर्यान दत्त पनि १० रन जोडेर पेविलियन फर्किए ।

केयल क्निल ११ रनमा अविजित रहँदा भिभियान किंगमा २ र शारिज अहमद १ रनमा पेविलियन फर्किए ।

डच टोलीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

नेडरल्याण्ड्सलाई सस्तैमा अलआउट गर्न नेपालका लागि कुशल भुर्तेलले ७ ओभर बलिङ गर्दै २० रन दिएर सर्वाधिक ४ विकेट लिँदा ललित राजबंशीले १० ओभर बलिङ गर्नेक्रममा ३२ रन खर्चिएर २ विकेट लिए ।

त्यस्तै, सोमपाल कामीले ७ ओभर बलिङ गर्नेक्रममा २ मेडन राख्दै २४ रन दिएर १ विकेट लिँदा कप्तान रोहित पौडेलले १ ओभर बलिङ गर्दै मात्र ३ रन दिएर १ विकेट लिए ।

सिरिजअन्तर्गत नेपालले तेस्रो खेल नामिबियासंग बुधवार खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.