India's players celebrate after the dismissal of New Zealand's Devon Conway (not pictured) during the third Twenty20 international cricket match between India and New Zealand at the Narendra Modi stadium in Ahmedabad on February 1, 2023. (Photo by Punit PARANJPE / AFP) / ----IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE-----

एजेन्सी । भारत र न्युजिल्याण्डबीचको टि–२० आई सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले न्युजिल्याण्डमाथि १६८ रनको फाराकिलो जित हात पारेको छ । जितसंगै टि–२० सिरिज २–१ ले भारतले जितेको छ ।

३ खेलको टि–२० सिरिजमा यसअघि न्युजिल्याण्डले पहिलो खेल जित्दा भारतले दोस्रो खेल जितेको थियो ।

सिरिजअन्तर्गत बुधवार भएको तेस्रो खेलमा २३५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड १२.१ ओभरमा अलआउट हुँदै मात्र ६६ रनमा समेतियो ।

न्युजिल्याण्डका लागि डर्याल मिट्चेलले २५ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ३५ रनको योगदान दिए ।

त्यस्तै, कप्तान मिट्चेल सान्टनेरले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । मिचेल ब्रासवेलले ८, फिन एलिनले ३ रन जोडे ।

भ्रमणकारी टोलीको ब्याटिङलाई धरासायी बनाउने क्रममा भारतका लागि कप्तान हार्दिक पाण्डेयाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, अशदिप सिंह, उम्रान मलिक र शिभम माभीले समान २–२ विकेट लिए ।

त्यसअघि अहम्दाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा २३४ रनको विशाल योगफल तयार पार्यो ।

भारतका लागि शुभम गिलले अविजित रहँदै सर्वाधिक १२६ रनको योगदान दिए । उनले ६३ बलको सामना गर्दा १२ चौका र ७ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, राहुल त्रिपाठीले २२ बलमा ४ चौका र ३ छक्का मद्दतमा ४४ रन बनाए ।

कप्तान पाण्डेयाले १७ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोड्दै पेबिलियन फर्किदा सुर्यकुमार यादवले १३ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडे । अन्य भारतिय ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

न्युजिल्याण्डका लागि कप्तान सान्टनेर, ब्रासवेल, डर्याल मिट्चेल र ब्लाइर टिक्नेरले समान १–१ विकेट लिए ।

भारतिय कप्तान हार्दिक पाण्डेया प्लेयर अफ द सिरिज घोषित हुँदा सुभम गिल खेलको प्लेयर अफ द म्याच चुनिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.