भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत खेलमा स्कटल्याण्डले नामिबियामाथि १० विकेटको जित हात पारेको छ ।

बुधवार भएको खेलमा १५४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको स्कटल्याण्डले २२.१ ओभरमा विना कुनै विकेटको क्षतिमा १५७ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।

क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डका लागि जोर्ज मुन्सेले ६१ बल खेल्दै १२ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक १०३ रनको शतिकिय पारी खेले ।

त्यस्तै, कप्तान केली कोइट्जरले ७२ बलमा ७ चौका मद्दतमा ४६ रन जोडे । स्कटल्याण्डका लागि ओपनिङमा आएका यी दुई ब्याटरलाई नामिबियाका बलरले रोक्न नसक्दा अविजित रहँदै खेल जिताए ।

स्कटल्याण्डले अतिरिक्त रुपमा ८ रन पाएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नामिबियाले ३९.२ ओभरमा अलआउट हुँदै मात्र १५३ रन जोड्न सक्यो ।

नामिबियाका लागि लो हान्द्रे लौरेन्सले ८८ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ५४ रनको अर्धशतकिय इनिङ्स खेले ।

त्यस्तै, बेनार्ड स्कोल्जले३९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३० रन जोडे । यता, विकेटकिपरसमेत रहेका जेन ग्रीनले ३५ बल खेल्दै ४ चौकाको सहयोगमा २५ रन बनाउँदै पेविलियन फर्किदा पिक्की या फ्रान्सले ११ रन बनाउँदै आउट भए ।

नामिबियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुलन सकेनन् । अतिरिक्त रुपमा नामिबियाले १७ रन जोडेको थियो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४ विकेट हात पार्दा सफ्यान शरिफ र मार्क वाटले समान ३–३ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.