एजेन्सी । इंग्ल्याण्डले आईसीसी टि–२० विश्वकपअन्तर्गत खेलमा नामिबियालाई पराजित गरेको छ ।

सनिवार राति भएको खेलमा साविक विजेता इंग्ल्याण्डले नामिबियालाई ४१ रनले पराजित गरेको हो ।

महत्वपूर्ण जितसंगै इंग्ल्याण्डले सुपर ८ मा प्रवेश गर्ने सम्भावना पनि कायमै राखेको छ ।

समूह ‘बी’ मा रहेको इंग्ल्याण्डले समूह चरणका सबै खेल सक्दा ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

यता, समूह चरणमा एक खेल खेल्न बाँकी स्कटल्याण्डको पनि समान ५ नै अंक भएतापनि नेट रननेट आधारमा इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लिएको हो ।

पराजित नामिबियाको भने ४ खेलबाट २ अंकसहित तालिकाको चौथौं स्थानमा रह्यो ।

वेस्ट इन्डिजस्थित सर भिभियान रिचार्ड स्टेडियममा भएको वर्षाले प्रभावित खेलमा १२६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नामिबिया १० ओभरको खेल खेल्नेक्रममा ३ विकेट गुमाउँदै ८४ रन जोड्यो ।

वर्षाले प्रभावित बनेपछि खेललाई निर्धारित २० ओभरबाट घटाएर ११–११ ओभरमा झारिएको थियो ।

तर, पहिलो इनिङ्स खेल्दै गर्दा फेरी वर्षा भएपछि खेल १० ओभरमा झारियो ।

जसले गर्दा पहिलो इनिङ्समा इंग्ल्याण्डले १२२ रन जोडेतापनि डिएलएस पद्दती अनुसार १२६ रनको लक्ष्य नामिबियालाई दियो ।
इइ
नामिबियाका लागि ओपनर ब्याट्सम्यान माइकल भान लिगेनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट हुँदा डेभिड वेइसेले १२ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै पेविलियन फर्किए ।

त्यस्तै, निको डाभिनले १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर रिटायर्ड हर्ट हुँदै पेविलियन फर्किदा कप्तान गेरार्ड इसास्मुस १ र जेजे स्मिथ शुन्य रनमा अविजित रहे ।

नामिबियाले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

नामिबियामाथि जित निकाल्न साविक विजेता टोलीका लागि जोर्फा आर्चर र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले १० ओभरमा ५ विकेट गुमाउँदै १२२ रन जोड्यो ।

साविक विजेता टोलीका लागि ह्यारी ब्रुकले २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रन जोडेर अविजित रहँदा जोनी बाइस्ट्रोले १८ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, मोइन अलीले ६ बलमा २ छक्का प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किदा लैम लिभिङस्टोनले ४ बल खेल्दै २ छक्का प्रहार गरेर १३ रन जोड्दै अन्तिम बलमा रनआउट भए ।

यता, ओपनर ब्याट्सम्यान फिल साल्टले ८ बलमा २ चौका प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा अर्का ओपनर कप्तान तथा विकेटकिपर जोस बटलर शुन्य रनमा पेविलियन फर्किए ।

इंग्ल्याण्डले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

नामिबियाका लागि रुविन ट्रम्पेलम्यानले २ ओभर बलिङ गर्दै ३१ रन खर्चिएर २ विकेट लिँदा बेनार्ड स्कोल्ट्जले र डेभिड वेइसेले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.