एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत खेलमा नामिबियामाथि सहज जित निकाल्दै जिम्बावे सुपर ६ मा छानिएको छ ।

सनिवार भएको समूह चरणको अन्तिम खेलमा नामिबियामाथि ८ विकेटको सहज जित निकाल्दै जिम्बावे विश्वकपको सुपर ६ मा प्रवेश गरेको हो ।

समूह ‘सी’ मा रहेको जिम्बावेले जितसंगै समूह तालिकामा २ अंक जोड्दै तेस्रोमा उक्लियो ।

पराजित नामिबिया भने समूह चरणको सबै ३ खेलमा हार बेहोर्दै शुन्य अंकका साथ समूह तालिकामा पुच्छारमा रह्यो ।

नर्डन केपस्थित दि बियर्स डाइमण्ड ओभल रंगशालामा भएको खेलमा १४७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जिम्बावेले ३५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

जिम्बावेको जितमा पानासी तरुभिङ्गाले ११५ बलमा ७ चौका प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ब्रान्डन सुङ्गुरोले ७२ बल खेल्दै ३ चौका प्रहार गरेर २९ रन जोड्दै पेविलियन फर्कियो ।

त्यस्तै, विकेटकिपर रायन टाकुन्डा कामवेम्बाले १९ बलमा ४ चौका प्रहार गर्दै १६ रन जोड्दै आउट हुँदा क्याम्पबेल क्राइग म्याकमिलानले ९ बल खेल्दै २ चौका प्रहार गरेर १० रन जोड्दै अविजित रहे ।

जिम्बावेले अतिरिक्त रुपमा ३३ रन जोड्यो ।

नामिबियाका लागि ज्याक ब्रुस्सेलले ७ ओभर बलिङ गर्दै १ मेडन राखेर २४ रन दिँदै १ विकेट लिँदा गेरहार्ड जान्से भान रेन्सबर्गले ९ ओभर बलिङ गर्दै ३० रन दिएर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४६ रन जोड्यो ।

नामिबियाका लागि हान्रो बाडेनहोर्स्टले ७६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ३९ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान गेरहार्ड जान्से भान रेन्सबर्गले ४४ बलमा २ चौका प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, एलेक्जान्डर बुसिङ भोलस्चेङ्कले ३७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर आउट हुँदा जाचेओ भान भुरेनले २९ बल खेल्दै २ चौका प्रहार गरेर ११ रन जोड्दै पेविलियन फर्किए ।

यता, बिन ब्रास्सेलले २७ बलमा १ चौका प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा विकेटकिपर जेडब्लु भिसागिई ८, पिटर ड्यानियल ब्लिग्नौट ७, ज्याक ब्रुस्सेल २ र हान्सेइ डि भिलियर्स १ रनमा पेविलियन फर्किए ।

वाउटर पाइटर नाइहाउस २ रनमा अविजित रहे ।

नामिबियाले अतिरिक्त रुपमा २० रन जोड्यो ।

नामिबियालाई सस्तैमा समेत्न जिम्बावेका लागि न्युम्यान टाकुडज्वा न्यामहुरीले १० ओभर बलिङ गर्दै २ मेडन राखेर मात्र २१ रन दिएर सर्वाधिक ४ विकेट लिए ।

त्यस्तै, रायन सिम्बीले १० ओभर बलिङ गर्दै २ मेडनसहित २० रन दिएर ३ विकेट लिँदा कोहल विलियम एकस्टिनले ८ ओभर बलिङ गर्दै १८ रन दिएर १ विकेट हासिल गरे ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.