एजेन्सी । नामिबियामा आइतवारदेखि सुरु भएको आईसीसी विश्वकप प्लेअफ अन्तर्गत पहिलो खेलमा अमेरिकाले नामिबियामाथि ८२ रनको जित निकालेको छ ।

२३४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ४१.४ ओभरमा अलआउट हुँदै १५१ रनमा समेतिएसंगै अमेरिका ८२ रनले विजयी भएको हो । जितसंगै अमेरिकाले तालिकामा २ अंक जोडेको छ ।

नामिबियाका लागि शउन फौचेले ९६ बलमा २ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, निकोल लोफ्टी इटोनले ४४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोड्दा कप्तान गेरार्ड इरासमसले ४२ बलमा २ चौका प्रहार गर्दै २४ रन जोडे ।

यता, पिङ्की या फ्रान्सले २१ बलमा १ छक्का मद्दतमा १५ रन बनाउँदै पेविलियन फर्किदा घरेलु टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नामिबियालाई सस्तैमा समेतिन अमेरिकाका लागि अली खानले ७ ओभर बलिङ गर्दै २१ रन दिएर १ मेडनसहित ३ विकेट लिँदा निसर्ग काताङकुमार पटेलले ९ ओभर बलिङ गर्दै १ मेडन राख्दै २८ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, जसदिप सिंहले ७.४ ओभरमा ३५ रन खर्र्चिएर २ विकेट लिँदा सौरभ नत्राभाल्करले ८ ओभरमा १ मेडन राख्दै १३ रन दिएर १ विकेट लिए । गजानन्द सिंहले ४ ओभरमा १३ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेको नामिबियाले अमेरिकालाई ब्याटिङमा निम्त्याएको थियो । अमेरिकाले निर्धारित ५० ओभर बलिङ गर्ने क्रममा ९ विकेट गुमाएर २३३ रन जोडेको थियो ।

अमेरिकाका लागि गजानन्द सिंहले ६३ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रनको अर्धशतकिय इनिङ्स खेले ।

त्यस्तै, नोथस केन्जीजले ४३ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोड्दा आरोन जोन्सले ५२ बलमा १ चौका र १ छक्का मद्दतमा ३६ रन जोडे ।

यता, जेसी सिंहले ६१ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाएर पेविलियन फर्किदा सुशान्त मोदानीले ३७ बलमा १ चौका हान्दै १७ रनमा आउट भए ।

अमेरिकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । अमेरिकाले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

घरेलु टोली नामिबियाका लागि बिन शीकोङ्गोले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ५९ रनमा ३ विकेट लिँदा शउन फौचेले १० ओभरमा ४६ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, रुविन ट्रम्पेलम्यानले १० ओभर बलिङ गर्नेक्रममा ३६ रन दिएर १ मेडन राख्दै २ विकेट लिँदा पिक्की या फ्रान्सले १० ओभरमा ५४ रन खर्चिएर १ विकेट लिए ।

प्लेअफमा आईसीसी विश्वकप लिग २ मा पुच्छारमा रहेका ४ टोली नामिबिया, संयुक्त राज्य अमेरिका, युनाटेड अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी (पिएनजी) सहित आईसीसी विश्वकप च्यालेन्ज लिग ‘ए’ का विजेता जर्सी र ‘बी’ का विजेता क्यानडा गरि ६ टोलीको सहभागिता रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.