भक्तपुर । नामिबियाले दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत खेलमा नेडरलयाण्ड्सलाई पराजित गरेको छ ।

शुक्रवार भएको खेलमा नामिबियाले तुलनात्मक रुपमा बलियो राष्ट्र नेडरल्याण्ड्सलाई २४ रनले पराजित गरेको हो ।

योसंगै नामिबियाले ४ खेलमा ३ मा जित र १ मा हारको नतिजा आत्मसाथ गर्दै लिग २ को अंक तालिकामा ६ अंक जोड्दै शीर्ष स्थानमा कायम रहेको छ ।

पराजित नेडरल्याण्ड्सको ३ खेलमा १ मा जित र २ मा हारसंगै २ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहको छ ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा २०४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको डच टोली ४३.५ ओभरमा अलआउट हुँदा मात्र १७९ रनमा समेतियो ।

डच टोलीका लागि नोह क्रोएसले ४६ बलमा ३ चौका प्रहार गर्दै ४६ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान म्याक्स ओडोडले ६४ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै ४१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, बास दि लिडले ४४ बलको सामना गर्दा २ चौका प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा शारिज अहमदले २९ बलमा २ चौका प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।

यता, तेजा निदामनुरुले २७ बलमा २ चौका प्रहार गर्दै १४ रन जोड्दै आउट हुँदा स्यब्रान्ड इगलब्रेच्टले १३ बलमा २ चौका प्रहार गरेर १० रन जोड्दै पेविलियन फर्किए ।

कप्तान तथा विकेटकिपर स्कट इवार्डस् ४, रोयल्फ भान देर मेर्वे ३ र आर्यान दत्त १ रनमा आउट हुँदा अर्का ओपनर माइकल लेभिट र भिभियान किंगमा शुन्य रनमा पेविलियन फर्किए ।

डच टोलीले अतिरिक्त रुपमा १७ रन जोड्यो ।

बलियो डच टोलीलाई स्तब्ध पार्न नामिबियाका लागि कप्तान गेरहार्ड इरास्मस र जान फ्राइलिंकले समान ३–३ विकेट लिँदा बेर्नार्ड स्कोल्ट्जले २ विकेट हासिल गरे ।

त्यस्तै, रुवेन ट्रम्पेलम्यान र निकोल लोफ्टी इटनले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुँदै २०३ रन जोड्यो ।

नामिबियाका लागि निकोल लोफ्टी इटनले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा खेल्दै गर्दा रनआउट हुन पुगेपछि अर्धशतक बनाउनबाट १ रनले चुके ।

त्यस्तै, ओपनर ब्याट्सम्यान मलान क्रुगेरले ४८ बलमा ५ चौका प्रहार गरेर ३९ रन जोड्दै पेविलियन फर्किदा जान फ्राइलिंकले ५७ बल खेल्नेक्रममा ४ चौका प्रहार गगर्दै ३४ रन जोडेर आउट भए ।

यता, रुवेन ट्रम्पेलम्यानले २६ बलमा ३ चौका प्रहार गर्दै २३ रन जोडेर अविजित रहँदा विकेटकिपर जेन ग्रिनले २० बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।

उता, कप्तान गेरहार्ड इरास्मसले ५७ बलको सामना गर्दा २ चौका प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किदा माइकल भान लिङ्गनले २१ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोडेर आउट भए ।

ज्याक ब्रुस्सेल १ रनमा आउट हुँदा निको डाभिन, जेजे स्मिथ र बेनार्ड स्कोल्ट्ज शुन्य रनमा पेविलियन फर्किए ।

नामिबियाले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

डच टोलीका लागि भिभियान किंगमाले ३ विकेट लिँदा आर्यान दत्त र रोयल्फ भान देर मेर्वेले समान २–२ विकेट लिए ।

त्यस्तै, शारिज अहमद र बास दि लिडले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.