एजेन्सी । फ्रोसिननसंग फराकिलोअन्तरले पराजित हुँदै नापोली इटालियन प्रतियोगिता कोपा इटालियाबाट बाहिरिएको छ ।

मंगलवार राति भएको अन्तिम १६ अन्तर्गत खेलमा बलियो नापोली तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी फ्रोसिननसंग ४–० को फराकिलो गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

नापोलीको घरेलु मैदान डिएगो अर्मान्डो म्यारोडोना रंगशालामा भएको खेलको ६५ औं मिनेटमा इन्जो बारेनेचियाको गोलमार्फत् भ्रमणकारी टोलीले १–० को अग्रता लियो ।

त्यसपछि ७० औं मिनेटमा गिउसेप्पे कासोले गोल थप्दा फ्रोसिनन २–० ले अघि बढ्यो ।

यता, निर्धारित ९० मिनेटपछि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा वालिद चेडिराले पेनाल्टीमार्फत गोल थप्दा फ्रोसिनन ३–० ले अघि बढ्यो ।

खेलको अन्तिम समयतिर अब्दोउ हारौइले गोल थप्दा फ्रोसिनन ४–० ले विजयी भयो ।

बलियो टोलीविरुद्व फराकिलो जितसंगै फ्रोसिनन भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोहि प्रतियोगिताअन्तर्गत गयराति नै भएको अन्य खेलहरुमा लाजियोले जियोनामाथि १–० को जित हासिल गर्दा फियोरेन्टिनाले पार्मामाथि पेनाल्टी सुटआउटमा ४–१ को जित निकाल्यो ।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि फियोरेन्टिना ट्राइब्रेकरमा विजयी बन्यो ।

जितसंगै लाजियो र फियोरेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.