
एजेन्सी । इटालियन सिरी ‘ए’ मा युभेन्टसले नापोलीसंग फराकिलो हार बेहोरेको छ ।
शुक्रवार राति भएको खेलमा युभेन्टस नापोलीसंग ५–१ को पराकिलो हार बेहोरेको हो ।
डिएगो म्यारोडोना रंगशालामा खेलको १४ औं मिनेटमा नापोलीले भिक्टर ओसिमहेनको गोलमार्फत अग्रता लिएको थियो ।
३९ औं मिनेटमा खभिचा भारातसेखेलीयाकले गोल गर्दा भरेलु टोली २–० ले अघि बढ्यो । यता, युभेन्टसका लागि एन्जेल डि मारियाले ४२ औं मिनेटमा गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो ।
तर, ५५ औ मिनेटमा अमिर रहमानी, ६५ औं मिनेटमा भिक्टर ओसिमन र ७२ औं मिनेटमा इजिफ इलमासले गोल थप्दा नापोली ५–१ को फराकिलो गोलअन्तरले विजयी रह्यो ।
नापोलीसंग पराजित हुन अघि युभेन्टसले लगातार ८ खेलमा कुनैपनि गोल बेहोरेको थिए ।
जितसंगै नापोलीको सिरी ‘ए’ मा १८ खेलमा ४७ अंक भएको छ । नापोली तालिकाको शीर्ष स्थानमा छ ।
यता, पराजित युभेन्टस भने तालिकाको तेस्रो स्थानमा झरेको छ । युभेन्टसको १८ खेलमा ३७ अंक छ ।
समान अंक भएको एसी मिलान गोलअन्तरका आधारमा दोस्रो स्थानमा उक्लिएको हो । मिलानले युभेन्टसको दाजोमा एक खेल कम खेलेको छ ।