एजेन्सी । नापोलीलाई पराजित गर्दै इन्टर मिलानले इटालियन प्रतिष्ठित प्रतियोगिता सुपरकोपा इटालियानाको उपाधि जितेको छ ।

सोमवार राति भएको फाइनल खेलमा सिरी ए को च्याम्पियन टोली नापोलीलाई १–० ले पराजित गर्दै साविक विजेता समेत रहेको इन्टर मिलानले ३६ औं संस्करणको सुपरकोपा इटालियानाको उपाधि जितेको हो ।

साउदी अरबियास्थित अल अवाल पार्क एट किंग साउद युनिभर्सिटी रंगशालामा भएको उपाधि भिडन्तमा लाउटारो मार्टिनेजले खेलमा एकमात्र निर्णायक गोल गरे ।

इन्टरका कप्तान समेत रहेका मार्टिनेजले बेन्जामिन पाभार्डको पासमा खेलको अन्तिम समयतिर इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै इन्टरलाई जिताए ।

योसंगै इन्टरले सुपरकोपा उपाधि रक्षा गर्नुका साथै लगातार ३ वर्ष उपाधि उचाल्न सफल बन्यो ।

सिरी ए विजेता, उपविजेता र कोपा इटालियाको विजेता, उपविजेता गरि चार टोलीको सहभागिता रहने इटालियन सुपर कप इन्टर मिलानले जितेको यो आठौं पटक हो ।

सुपरकोपा इटालियाको सर्वाधिक सफल क्लब भने युभेन्टस रहेको छ ।

युभेन्टसले क्रीतिमानी ९ पटक कोपा इटालियाको उपाधि जितेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.