एजेन्सी । आर्सनलले प्रिमियर लिगअन्तर्गत साताको हेभिवेट खेलमा टोटनहम हटस्परमाथि प्रतिस्पर्धात्मक जित निकालेको छ ।

आईतवार राति भएको नर्थ लण्डन डर्बी खेलमा आर्सनलले टोटनहम हटस्परमाथि १–० को प्रतिस्पर्धात्मक जित निकालेको हो ।

स्पर्सका रुपमा समेत चिनिने टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर रंगशालामा भएको खेलमा गर्नसका रुपमा समेत चिनिने आर्सनलका लागि ग्राबियलले विजयी गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६४ औं मिनेटमा बुकायो साकाको पासमा ग्राबियलले गोल गर्दै गर्नसलाई १–० ले जिताए ।

जितसंगै आर्सनलले चार खेलबाट १० अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित स्पर्सको भने समान चार खेलमा चार नै अंकसहित तालिकाको १३ औं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.