भक्तपुर । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि मंगलबार आयुष घलानसहित ६ खेलाडीलाई अनुबन्ध गरेको छ ।

संकटाले नयाँ सिजनका लागि आयुषसँगै सुनील बल, रक्षक गौतम श्रेष्ठ, निशान खड्का, मिडफिल्डर सुरज ठकुरी र गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध गरेको हो ।

संकटाले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा सार्वजनिक गरेको हो ।

सुनीलले गत सिजन मच्छिन्द्र क्लबबाट लिग खेलेका थिए । आयुष र निशानले थ्री स्टारबाट खेलेका थिए ।

त्यस्तै, गौतमले त्रिभुवन आर्मी क्लबबाट गएको सिजन खेलेका थिए ।

यता, चर्चित खेलाडी अन्जन विष्ट पनि नयाँ सिजनका लागि ‘ए’ डिभिजनको नव प्रवेशी क्लब चर्च ब्वाइज क्लबमा आबद्व भएका छन् । यसअघि उनी मनाङ मस्र्याङडी क्लबबाट खेल्दै आएका थिए ।

लिगको नयाँ सिजन यही पुस २६ गते हुबाट सुरु गर्ने तयारी भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरुबीचको विवाद समाधान नहुँदा अन्योलमा छ ।

संकटाले आजबाट पोखरामा सुरु हुँने हुने आहा रारा पोखरा गोल्डकप खेल्दैछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.