एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत नयाँ वर्षको प्रारम्भको दिन एस्टनभिल्लाले टोटनहम हटस्परलाई पराजित गरेको छ ।

आइतवार टोटनहमको रंगशालामा भएको खेलमा एस्टनभिल्ला २–० ले विजयी भयो ।

भ्रमणकारी टोलीका लागि इमिलियानो बुइन्दीया र डग्लास लुइजले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा बुइन्दीयाले गोल गर्दै एस्टनभिल्लालाई सनसनी अग्रता दिलाएका थिए ।

त्यसपछि ७३ औं मिनेटमा लुइजले गोल थप्दा खेलमा एस्टनभिल्ला २–० ले अघि बढ्यो । त्यसपछि दुबै टोलीले केहि गोलका अवसर सिर्जना गरे तापनि थप गोल ननिस्कदा खेल युनेइ इमिरेको एस्टनभिल्लाले २–० ले जित्यो ।

जितसंगै एस्टनभिल्लाले १७ खेलमा २१ अंक जोडेको छ । भिल्ला लिग तालिकाको १२ औं स्थानमा छ ।

यता, घरेलु मैदानमै पराजय बेहोरेको स्पर्सका रुपमा पनि चिनिने टोटनहमको १७ खेल खेलिसक्दा ३० अंक छ । स्पर्स तालिकाको पाँचौं स्थानमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.