भक्तपुर । नेपाली फुटबललाई व्यवसायिक बनाउन भन्दै कोरोना महामारीबीच आयोजना गरिएको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी वर्ष हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले ८ वर्षका लागि १७ करोड २१ लाख रुपैयाँको सम्झौता गरेसँगै एनएसएल अर्को वर्ष हुने भएको हो ।

मंगलबार आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि अध्यक्ष अश्रयता कार्की चौधरीले एक कार्यक्रमबीच एन्फा महासचिव किरण राईलाई पहिलो सिजनका लागि १ करोड ५० लाखको चेक हस्तान्तरण गरेकी हुन् ।

एन्फाले ८ वर्षभित्र सबै रकम प्राप्त गर्नेगरी आयोजकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता भएसँगै आगामी वर्षको असोज–कात्तिकमा एनएसएलको दोस्रो संस्करण आयोजना गर्ने तयारी गरिएको एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले भने ।

‘यो वर्ष चाहिँ प्रतियोगिता हुन सकेन । सम्झौता नै गरिसकेपछि अब कुनै रोकटोक हुँदेन होला भन्ने आशा गरेका छौं,’ उनले भने ।

खेलाडीको अक्सन प्रक्रिया पूरा गरिसकेको अवस्थामा एन्फाभित्रको आन्तिरिक राजनितिका कारण अन्योलमा रहेको एनएसएल प्रतियोगिता गएको असोज २३ गतेबाट गर्ने तयारी भए पनि ‘ए’ डिभिजन क्लबहरुले विरोध गर्दा हुन सकेन ।

पहिलो संस्करणको प्रतियोगितामा ७ टिमको सहभागिता थियो । दोस्रो संस्करणमा ३ क्लब थप हुने भएको छ ।

 

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.