
भक्तपुर । भक्तपुरको लोकप्रिय फुटबल क्लब भक्तपुर फुटबल क्लबले दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेष्टिबल कार्यक्रमको आयोजना गर्ने भएको छ ।
शुक्रवार क्लबले बाल दिवसको अवसर पारी जिल्लाका लेजेण्ड खेलाडी स्वर्गिय रामहरी श्रेष्ठको सम्झनामा दोस्रो संकरणको भक्तपुर ग्रासरुट्स डे आगामी भदौ २९ गते गर्ने जानकारी दिएको हो ।

जिल्ला प्याबसन, साइकल कनेक्ट भक्तपुर लगायतका संघसंस्थासंग सहकार्य गरी सञ्चालन हुने ग्रासरुट्स डेमा जिल्लाका चारवटै नगरपालिकाबाट २० विद्यालयको सहभागिता रहने क्लबका सचिव प्रविन लाखेमरुले खेल डबलीलाई जानकारी दिनुभयो ।
फुटबल महोत्सवका रुपमा सञ्चालन हुने कार्यक्रममा साइकल कनेक्ट भक्तपुर लगायत विभिन्न संस्थाबाट मनोरञ्जनात्मक गतिविधिसमेत प्रस्तुत गर्ने तालिका रहेको बताइएको छ ।
त्यसअघि गत वर्ष पनि क्लबले ११ वटा स्कुलको सहभागितामा प्रथम भक्तपुर ग्रासरुट्स डे सम्पन्न गरेको थियो ।
ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ भक्तपुर फुटबल क्लबले प्रत्येक हप्ताको सनिवार ग्रासरुट कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।