भक्तपुर । २० वर्षमूनीको महिला एसियन कप (एएफसी यु–२० एसियन कप) को दोस्रो चरणको ड्र सार्वजनिक भएको छ ।
विहिवार सार्वजनिक भएको ड्र अनुसार नेपाल समूह ‘बी’ मा परेको छ ।
एएफसीले सार्वजनिक गरेको ड्र अनुसार नेपालले चीन, म्यानमार र चाईनिज ताइपेसंग खेल्ने भएको छ ।
समूह ‘ए’ मा भने अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।
दोस्रो चरणको छनोट खेल आगामी जुन ३ तारिखदेखि ११ तारिखसम्म हुनेछ ।
प्रत्येक समूहबाट २ गरि ४ टोली उज्वेकिस्तानमा हुने यू–२० एसियन कपमा छनोट हुने छन् ।