T. Natarajan of Sunrisers Hyderabad and Pat Cummins (c) of Sunrisers Hyderabad celebrates the wicket of Axar Patel of Delhi Capitals during match 35 of the Indian Premier League season 17 (IPL 2024) between Delhi Capitals and Sunrisers Hyderabad held at the Arun Jaitley Stadium, Delhi on the 20th April 2024. Photo by Arjun Singh / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा दिल्ली क्यापिटल्समाथि सनराइजर्स हैदराबादले सहज जित हासिल गरेको छ ।

सनिवार राति भएको आईपिएल खेलमा दिल्ली क्यापिटल्समाथि सनराइजर्स हैदराबादले ६७ रनको सहज जित हासिल गरेको हो ।

जितसंगै हैदराबादले ७ खेलबाट १० अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

पराजित दिल्लीको भने ८ खेलमा ६ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली रंगशालामा भएको खेलमा २६७ रनको विशाल विजयी लक्ष्यका साथ मैदान उत्रिएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदा मात्र १९९ रनमा समेतियो ।

दिल्लीका लागि ज्याक फ्रासेर म्याकग्रुकले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकिय पारी खेल्दा कप्तान तथा विकेटकिपर रिशब पन्तले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, अभिषेक पोरेलले २२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर आउट हुँदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका ओपनर ब्याट्सम्यान पृथ्वी सले ५ बल खेल्दै ४ चौका प्रहार गरेर १६ रन जोडेर पेविलियन फर्किए ।

यता, ट्रिस्टन स्टुब्सले ११ बलमा १० रन जोड्दै आउट हुँदा ललित यादव ७, अक्षर पटेल ६ र अर्का ओपनर डेभिड वार्नर १ रनमा पेविलियन फर्किए ।

दिल्लीका ३ ब्याटरले अंकको खाता नै खोल्न सकेन ।

दिल्लीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

दिल्लीमाथि जित निकाल्न थङ्गरसु नतराजनले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन दिएर सर्वाधिक ४ विकेट लिँदा मयङ्क मार्कान्देले २ ओभर बलिङ गर्दै २६ रन जोड्दै २ विकेट लिए ।

त्यस्तै, नितिश कुमार रेड्डीले २.१ ओभर बलिङ गर्दै १७ रन दिएर २ विकेट लिँदा वासिङटन सुन्दर र भुवनेश्वर कुमारले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २६६ रनको विशाल योगफल तयार गर्यो ।

हैदराबादका लागि ओपनर ब्याट्सम्यान ट्राभिस हेडले ३२ बलमा बिष्पोटक ब्याटिङ गर्दै ११ चौका र ६ छक्का प्रहार गर्दै ८९ रनको अर्धशतकिय पारी खेल्दा शाहबाज अहमेदले २९ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, अर्का ओपनर अभिषेक शर्माले १२ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ४६ रन जोड्दै आउट हुँदा नितिश कुमार रेड्डीले २७ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ३७ रन जोड्दै पेविलियन फर्किए ।

यता, विकेटकिपर हेनरिच क्लासेनले ८ बलमा २ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा अब्दुल सामदले ८ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै पेविलियन फर्किए ।

कप्तान प्याट कमिन्स र अ‍ैदेन मार्कराम समान १–१ रनमा पेविलियन फर्किदा वासिङटन सुन्दर शुन्य रनमा अविजित रहे ।

हैदराबादले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

दिल्लीका लागि कुलदिप यादवले ४ ओभर बलिङ गर्दै ५५ रन खर्चिएर ४ विकेट लिँदा मुकेश कुमार र अक्षर पटेलले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.