भक्तपुर । निर्धारित ९० र अतिरिक्त थपिएको ३० मिनेटको समयमा २–२ गोलको बराबरीमा सकिएसंगै ट्राइबे्रकरमा नेडरल्याण्डमाथि ४–३ को जित हात पार्दै अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रवार राति भएको दोस्रो क्वाटरफाइनल खेल अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसी, लिसान्र्डो पारेदेश, गोन्जालो मोन्टिएल र लाउटारो मार्टिनेजले गोल गर्दा इन्जो फर्नान्डेजले पेनाल्टी मिस गरे ।

यता, डच टोलीका टिउन कोपमेनियर्स, ओउट वेगहोस्र्ट र लुक डि जोङले पेनाल्टीमा गोल गर्दा होल्याण्डका कप्तान भर्जिल भान डाइक र स्टेभेन बेर्गहुलिसले पेनाल्टी खेर फाले ।

त्यसअघि लुसाइल आइकोनिक रंगशालामा खेलको ३५ औं मिनेटमा नहुइल मोलिनाको गोलमार्फत उपाधि दाबेदार अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाएका थिए । उक्त गोलका लागि मेसीले अवसर सिर्जना गरिदिएका थिए ।

यता, ७३ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दा खेल अर्जेन्टिनाको पक्षमा २–० ले अघि बढेको थियो । तर, ८३ औं मिनेटमा वेगहोस्टले गोल गर्दा नेडरल्याण्ड खेलमा फर्कने संकेट गर्यो ।

त्यसपछि खेलको अन्तिम समयमा वेगहोस्टले नै व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा खेल २–२ को बराबरीमा सकियो ।

त्यसपछि अतिरिक्त ३० मिनेटको समयमा दुबै टोलीबाट थप गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत भएको हो ।

जितसंगै अर्जेन्टिनाले अन्तिम चारमा साविक उपविजेता क्र्रोसियासंग भिड्ने पक्का गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.