
एजेन्सी । बलियो दक्षिण कोरियामाथि ऐतिहासिक जित निकाल्दै जोर्डन एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको पहिलो सेमिफाइनल खेलमा जोर्डनले इतिहास रच्नेक्रममा दक्षिण कोरियामाथि २–० को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
कतारस्थित अहमद बिन अली रंगशालामा भएको सेमिफाइनल खेलमा जोर्डनलाई ऐतिहासिक रुपमा फाइनल पु¥याउन याजान अल नैमत र मौसा तमारीले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३ औं मिनेटमा मौसा तमारीको असिस्टमा याजान अल नैमतले गोल गर्दै जोर्डनलाई सनसनी १–० को अग्रता दिलाए ।
त्यसपछि ६६ औं मिनेटमा निजर अल राश्दानको असिस्टमा मौसा तमारीले गोल थप्दा जोर्डन २–० ले विजयी भयो ।
एसियाली शीर्ष प्रतियोगितामा पहिलोपल्ट उपाधि नजिक पुगेको जोर्डनले फाइनलमा साविक विजेता कतार या इरानसंग प्रतिस्पपर्धा गर्नेछ ।