DUBAI, UNITED ARAB EMIRATES - OCTOBER 17: Anneke Bosch of South Africa and Chloé Tryon of South Africa celebrate their team's win over Australia during the ICC Women's T20 World Cup, semi final 1 match between South Africa and Australia at Dubai International Cricket Stadium on October 17, 2024 in Dubai, United Arab Emirates. (Photo by Pankaj Nangia/Gallo Images/Getty Images)

एजेन्सी । दक्षिण अफ्रिका आईसीसी महिला टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

विहिवार राति भएको सेमिफाइनल खेलमा साविक विजेता समेत रहेको अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो ।

योसंगै गत संस्करणको फाइनल खेलको हारको बदला समेत दक्षिण अफ्रिकाले लिएको छ ।

दक्षिण अफ्रिकामा भएको गत संस्करणको विश्वकपको उपाधि भिडन्तमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको थियो ।

अष्ट्रेलिया टि–२० को सर्वाधिक सफल टोली समेत हो ।

उसले टि–२० को ६ विश्वकप उपाधि जितेको छ ।

युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १३५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको साविक उपविजेता समेत रहेको दक्षिण अफ्रिकाले १७.२ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो ।

दक्षिण अफ्रिकालाई जित दिलाउन आनेके बोस्चले ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७४ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा कप्तान तथा ओपनर ब्याटर लौरा उल्भार्ड्टले ३७ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर पेविलियन फर्किन् ।

त्यस्तै, अर्का ओपनर ताज्मिन ब्रिट्सले १५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा क्लोइ ट्रायन १ रनमा अविजित रहिन् ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ३ रन जोड्यो ।

अष्ट्रेलियाका लागि अनाबेल सडरल्याण्डले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १३४ रन जोड्यो ।

साविक विजेता टोलीका लागि ओपनर ब्याटर तथा विकेटकिपर बेथ मोनीले ४२ बलमा २ चौका प्रहार गर्दै ४४ रन जोड्दा कप्तान ताहलिया म्याकग्रेथले ३३ बल खेल्दै ३ चौका प्रहार गरेर २७ रन जोडेर पेविलियन फर्किन् ।

त्यस्तै, इल्से पेरीले २३ बलमा २ चौका प्रहार गरेर ३१ रन जोड्दै आउट हुँदा फोएब लिट्चफिल्डले ९ बल खेल्नेक्रममा ३ चौका प्रहार गरेर १६ रन जोड्दै अविजित रहिन् ।

यता, जर्जिया वेरेह्यामले ५ रन जोड्दा अर्का ओपनर ग्रेुस ह्यारिस ३ रनमा पेविलियन फर्किन् ।

अष्ट्रेलियाले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

दक्षिण अफ्रिकाका लागि अयाबोङ्गा खाकाले २ विकेट लिँदा मारिजान काप र नोनकुलुलेको माल्बाले समान १–१ विकेट लिइन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.