एजेन्सी । अफगानिस्तानमाथि सहज जित निकाल्दै दक्षिण अफ्रिका आईसीसी टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

विहिवार विहान भएको सेमिफाइनल खेलमा अफगानिस्तानमाथि ९ विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

अब दक्षिण अफ्रिकाले उपाधिका लागि साविक विजेता इंग्ल्याण्ड र भारतबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

वेस्ट इन्डिजको बार्यन लारा क्रिकेट रंगशालामा भएको खेलमा ५७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै ६० रन जोड्यो ।

दक्षिण अफ्रिकाको जितमा ओपनर ब्याट्सम्यान रिजा हेन्डरिक्सले २५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर अविजित रहँदा कप्तान ऐडिन मार्करामले २१ बल खेल्दै ४ चौका प्रहार गरेर २३ रन जोड्दै अविजित रहे ।

त्यस्तै, विकेटकिपर क्विन्टन डि ककले ५ रन जोडे ।

दक्षिण अफ्रिकाले अतिरित्तः रुपमा ३ रन जोड्यो ।

अफगानिस्तानका लागि फजलहक फारुकीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले ११.५ ओभरमा अलआउट हुँदै मात्र ५६ रन जोड्यो ।

अफगानिस्तानका लागि अज्मतुलाह ओमारजायीले १२ बलमा २ चौका प्रहार गर्दै १० रन जोड्दा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गुलबदिन नायब ९, कप्तान राशिद खान र करिम जनत समान ८–८, नविन उल हक, नानगेयालिया खरोटे र इब्राहिम जडरान २–२ रनमा आउट हुँदा विकेटकपिर रहमानुल्लाह गुरबाज, मोहम्मद नाबी र नुर अहमेदले अंकको खाता नै खोल्न सकेनन् ।

फजलहक फारुकी २ रनमा अविजित रहे ।

अफगानिस्तानले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

अफगानिस्तानलाई कम स्कोरमा धराशायी बनाउन दक्षिण अफ्रिकाका लागि मार्को जनसेन र तबराइज शाम्सीले समान ३–३, कागिसो राबडा र एनरिच नोर्ट्जेले समान २–२ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.