एजेन्सी । आसन्न आईसीसी टि–२० विश्वकपको तयारी स्वरुप खेलिएको टि–२० सिरिजअन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकामाथि वेस्ट इन्डिजले जित निकालेको छ ।

सनिवार राति भएको सिरिजअन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकामाथि वेस्ट इनिडजले १६ रनको जित निकालेको हो ।

योसंगै ३ खेलको सिरिजमा २–० को अग्रता बनाउँदै वेस्ट इन्डिजले १ खेल अगावै सिरिज जितेको छ ।

जमैकाको किंगस्टनस्थित सबिना पार्क रंगशालामा भएको खेलमा २०८ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै मात्र १९१ रनमा समेतियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर क्विटन डि ककले १७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४१ रन जोड्दा अर्का ओपनर रिजा हेन्डरिक्सले १८ बल खेल्नेक्रममा २ चौका र ३ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान रास्सेई भान डेर दुस्सानले २२ बलमा २ छक्का प्रहार गर्दै ३० रन जोडेर आउट हुँदा रियान रिकेल्टनले १७ बल खेल्दै २ चौका प्रहार गरेर १९ रन जोडेर पेविलियन फर्किए ।

यता, म्याथ्यु ब्रिटज्केले १६ बलमा १२ रन जोडेर आउट हुँदा एनक्वाबा पिटरले ७ बलमा १ चौका प्रहार गर्दै १० रन जोडेर अविजित रहे ।

आईमद फोर्टुन ९ रनमा अविजित रहँदा वियान मुल्डेर ९ र एन्डिल फेहलुकवायो ३ रनमा पेविलियन फर्किए ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा २४ रन जोड्यो ।

वेस्ट इन्डिजको जितमा गुडाकेश मोटेईले ३ विकेट लिँदा रोस्टन चेस, अकिल हुसेन र रोमारियो शेफर्डले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २०७ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेसले ३८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान तथा कप्तान ब्रान्डन किंगले २२ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरेर ३६ रन जोडे ।

त्यस्तै, केल मायर्सले १६ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन जोडेर आउट हुँदा विकेटकिपर एन्ड्रे फ्लेट्चेरले १८ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै २९ रन जोडेर पेविलियन फर्किए ।

यता, रोमेरो शेफर्डले १३ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा अर्का ओपनर जोनसन चार्लिस ७ रनमा पेविलियन फर्किए ।

वेस्ट इन्डिजका अन्य २ खेलाडी शुन्य रनमा पेविलियन फर्किदा गुडाकेश मोटेई २ रनमा अविजित रहे ।

वेस्ट इन्डिजले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

दक्षिण अफ्रिकाका लागि लुङगी एनगिडी, एनक्वाबा पिटर र एन्डिल फेहलुकवायोले समान २–२ विकेट लिँदा आईमद फोर्टुनले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.