एजेन्सी । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्वको एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज एक खेलअगावै जितेको छ ।

शुक्रवार भएको खेलमा तुलनात्मक रुपमा बलियो टोली अफगानिस्तानमाथि १७७ रनको फराकिलो जित निकालेसंगै अफगानिस्तानले सिरिज एक खेल अगावै जितेको हो ।

त्यसअघि पनि सिरिजअन्तर्गत पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

योसंगै तीन खेलको ओडिआई सिरिजमा अफगानिस्तानले २–० को अग्रता लिएको छ ।

युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा ३१२ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा अलआउट हुन पुग्दा मात्र १३४ रनमा समेतियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान तथा कप्तान टेम्बा बभुमाले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोड्दा अर्का ओपनर टोनी डि जोर्जीले ४४ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, एडेन मार्करामले ३० बलमा १ चौका प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा रिजा हेनड्रिक्सले ३४ बलको सामना गर्दा १ चौका मद्दतमा १७ रन जोडेर पेविलियन फर्कियो ।

यता, ट्रिस्टन स्टुब्स र एनक्वाबा पिटर समान ५–५, लुङ्गी एनगिडी ३, विकेटकिपर केयल भिरेन्ने र वियान मुल्डर २–२ रनमा आउट हुँदा बिजोर्न फोर्चुन शुन्य रनमा पेविलियन फर्किए ।

नान्ड्रे बर्गर भने १ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

बलियो अफ्रिकामाथि ऐतिहासिक फराकिलो जित निकाल्न अफगानिस्तानका लागि राशिद खानले ९ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन दिएर सर्वाधिक ५ विकेट लिए ।

त्यस्तै, नान्गेयालिया खरोतेले ६.२ ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिँदा अजमतुल्लाह ओमारजायीले ३ ओभर बलिङ गर्दै १७ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४ विकेट गुमाउँदै ३११ रन जोड्यो ।

अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले ११० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक १०५ रनको शतकिय पारी खेल्दा अजमतुल्लाह ओमारजायीले ५० बल खेल्नेक्रममा ५ चौका र ६ छक्का प्रहार गर्दै ८६ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

त्यस्तै, रहमत शाहले ६६ बलमा २ चौका प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर रियाज हस्सनले ४५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेर २९ रन जोडेर पेविलियन फर्किए ।

यता, मोहम्मद नाबीले १९ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किदा राशिद खान ६ रनमा अविजित रहे ।

अफगानिस्तानले अतिरिक्त रुपमा २२ रन जोड्यो ।

दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडी, नान्ड्रे बर्गर, एनक्वाबा पिटर र एडेन मार्करामले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.