एजेन्सी । दक्षिण अफ्रिकाले आईसीसी यु–१९ विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा भारतलाई जितका लागि २४५ रनको विजयी लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकास्थित साहारा पार्क विल्लोमोरे क्रिकेट स्टेडियममा जारी खेलमा आयोजक राष्ट्र दक्षिण अफ्रिकाले भारतलाई जितका लागि २४५ रनको विजयी लक्ष्य दिएको हो ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २४४ रन जोड्यो ।
घरेलु टोलीका लागि लुहान डेर प्रिटोरियोसले १०२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७६ रनको अर्धशतकिय पारी खेल्दाा रिचार्ड सेलेटस्वानले १०० बल खेल्नेक्रममा ४ चौका र २ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, कप्तान जुवान जेम्सले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा त्रिस्टान लुसले १२ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै २३ रन जोडेर अविजित रहे ।
यता, ओलिभर ह्वाइटहेडले ३४ बलमा ४ चौका प्रहार गर्दै २२ रन जोडेर आउट हुँदा स्टिभ स्टोल्कले १७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।
रिले नर्टन ७ रनमा अविजित रहँदा डेवान मारैसले ३ र डेभिड टिजर शुन्य रनमा पेविलियन फर्किए ।
दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
भारतका लागि राज लिम्बानीले ३ विकेट लिँदा मुशिर खानले २ विकेट लिए ।
त्यस्तै, नमन तिवारी र सौम्य कुमार पाण्डेले समान १–१ विकेट हासिल गरे ।