एजेन्सी । दक्षिण अफ्रिकाले आईसीसी टि–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा इंग्ल्याण्डलाई पराजित गरेको छ ।
शुक्रवार राति भएको खेलमा दक्षिण अफ्रिकाले साविक विजेता समेत रहेको इंगल्याण्डलाई ७ रनले पराजित गरेको हो ।
महत्वपूर्ण जितसंगै दक्षिण अफ्रिकाले २ खेलमा ४ अंक जोड्दै ग्रुप २ को शीर्ष स्थानमा रहेको छ ।
पराजित साविक विजेता टोलीको समान २ खेलमा २ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
सेन्ट लुसियास्थित डारेन स्यामी क्रिकेट रंगशालामा भएको खेलमा १६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै मात्र१५६ रन जोड्न सक्यो ।
इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले ३७ बलमा ७ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेल्दा लैम लिभिङस्टोनले १७ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान तथा विकेटकिपर जोस बटलरले २० बलमा १ चौका प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा जोनी बाइस्ट्रोले २० बल खेल्दै १ चौका मद्दतमा १६ रन जोडेर पेविलियन फर्किए ।
ओपनर ब्याट्सम्यान फिल साल्टले ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा साम करनले ७ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १० रन जोडेर अविजत रहे ।
यता, मोइन अली ९ रनमा पेविलियन फर्किदा जोफ्रा आँचर १ रनमा अविजित रहे ।
इंग्ल्याण्डले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
साविक विजेता टोलीमाथि रोमाञ्चक जित निकाल्न दक्षिण अफ्रिकाका लागि कागिसो राबाडा र केशब महाराजले समान २–२ विकेट लिँदा ओटनेल बर्टमान र एनरिच नोर्ट्जेले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६३ रन जोड्यो ।
दक्षिण अफ्रिकाका लागि विकेटकिपर क्विन्टन डि ककले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६५ रनको अर्धशतियक पारी खेल्दा डेभिड मिलरले २८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान रिजा हेन्डरिक्सले २५ बलमा १ चौका मद्दतमा १९ रन जोडेर आउट हुँदा ट्रिस्टान स्टुब्सले ११ बल खेल्दै १ चौका प्रहार गरेर १२ रन जोड्दै अविजित रहे ।
यता, हेनरिक क्लासेन ८ रनमा रनआउट हुँदा कप्तान अदैन मार्कराम १ र मार्को जनसन शुन्य रनमा पेविलियन फर्किए ।
केशब महाराज ५ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाले अतिरित्तः रुपमा १० रन जोड्यो ।
इंग्ल्याण्डका लागि जोफ्रा आँचरले ३ विकेट लिँदा मोइन अली र अदिल रशिदले समान १–१ विकेट लिए ।