भक्तपुर । लाओसमाथि सहज जित हात पार्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा विजयी सुरुवात गरेको छ ।
बुधवार भएको उद्घाटन खेलमा आयोजक नेपालले लाओसमाथि २–० को सहज जित हात पारेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जन तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।
खेलको ३० औं मिनेटमा नविन लामाको कर्नरमा अनन्त तामाङले हेडमार्फत गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५५ औं मिनेटमा फरर्वाड नवयुग श्रेष्ठले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गरेको बल सिधै गोलमा परिणत हुँदा नेपालले अग्रता दोब्बर पार्यो ।
त्यसपछि केही समय भ्रमणकारी टोलीले नेपालमाथि दवाव सिर्जना गरेतापनि गोल भने गर्न सकेन ।
नेपालका लागि कप्तान किरण चेमजोङ र नेपाली डिफेन्सले उत्कृष्ट प्रदर्शन जारी राख्दा लाओस खेलमा फर्कन सकेन ।
२–० को सहज जित हात पारेसंगै नेपालले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
सङ्गल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ ।