भक्तपुर । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबलाई पराजित गर्दै एपिएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
सनिवार भएको खेलमा विभागिय क्लब एपिएफ क्लबले थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाम भएको खेलमा एपिएफका लागि मनिकुमार लामा र अर्मान्ड ब्यादोमले एक–एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७१ औं मिनेटमा मनिकुमारको फ्रिकिक गोलमार्फत एपिएफले सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि अर्मान्डले ८६ औं मिनेटमा दोस्रो गोल गर्दा एपिएफ २–० ले विजयी भयो ।
जितसंगै विभागिय क्लब एपिएफले महत्वपूर्ण ३ अंक जोडेको छ ।