भक्तपुर । एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोलीलाई विदाई गरिएको छ ।

आउँदो जनवरी १६ देखि २७ तारिखसम्म थाइल्यान्डको राजधानी बैंककमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का अध्यक्ष टंक लाल घिसिङले एक कार्यक्रमका विच विदाई गरिएको हो ।

पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय बाटा तथा महिला ४५–४८ केजीमा सुष्मा तामाङ, ५४–५७ केजीमा हेमा राई र ७०–७५ केजीमा त्रिशा जवेगुले नेपालबाट प्रतिस्पर्धा गर्दैछ ।

टोलीको प्रशिक्षकमा दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ छन् ।

प्रतियोगिता दौरान हुने इन्टरनेसनल टेक्निकल अफिसर कोर्षमा पुष्करराज पन्त तथा आइबा २ स्टार रेफ्री जज कोर्षम रामचन्द्र थापा मगर र धनकुमार मैनाली सहभागी हुने हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.