भक्तपर । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा बिहीबार नेपालले चौथो तथा अन्तिम खेल खेल्दैछ ।

नामिबियामा नेपालले स्कटल्याण्डको सामना गर्न लागेको हो । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

श्रृंखलामा अहिलेसम्म नेपाल जित विहिन छ । नेपालसंगै नामिबिया र स्कटल्याण्ड सहभागी त्रिदेशीय श्रृंखलामा नेपाल नामिवियासंगको पहिलो खेलमा बराबरी भएको थियो । बर्षाले खेल बिथोलेपछि दुबै टोलीलाई एक–एक अंक दिएको थियो ।

त्यस्तै, दोस्रो खेलमा नेपाल स्कटल्याण्डसंग ३ विकेटले र तेस्रो खेलमा नामिबियासंग८६ रनले पराजित भएको थियो ।

लिग २ मा नेपालले २३ खेल खेल्दा मात्र १८ अंक जोडेको छ । नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ ।

लिग २ को शीर्ष तीन टिम आईसीसी विश्वकपमा सिधै छनोट हुनेछ । बाँकी चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.