भक्तपुर । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिविया, स्कटल्याण्ड र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिजका लागि १४ सदस्य टोली घोषणा गरेको छ ।
मंसिर १६ गतेदेखि २२ गतेसम्म हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया भ्रमण गर्ने टोलीमा रोहित पौडेलको कप्तानीमा आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादवलाई टोलीमा समेटिएको छ ।
नेपालले यसै साता युएईसँग तीन ओडिआई खेलको सिरिज घरेलु मैदान टियुमा खेलेको थियो । नेपालले तीन खेलको सिरिज २–१ ले जितेको थियो ।