भक्तपुर । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नामिबिया र स्कटल्याण्डबीच हुने त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि प्रारम्भिक २८ सदस्यीय टोली घोषणा गरेको छ ।

छनोट भएका खेलाडीहरु बन्द प्रशिक्षणमा रहेर सिरिजको तयारीका लागि प्रशिक्षण गर्नेछन् ।

बन्द प्रशिक्षणमा छानिएका खेलाडीहरुमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललितनारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी रहेका छन् ।

अंकित सुवेदी, सूर्य तामाङ र मौसम ढकाल पहिलोपल्ट सिनियर टोलीमा अताएका हुन् ।

नेपालले सिरिजअन्तर्गत पहिलो खेल फागुन २ गते नामिबियासँग खेल्नेछ । त्यस्तै, दोस्रो खेल फागुन ५ गते स्कटल्यान्डसँग, तेस्रो खेल फागुन ६ गते नामिबियासँग खेल्दा सिरिजको अन्तिम खेल फागुन ९ गते स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.