भक्तपुर । एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को सनिवार राति प्रतिस्पर्धामा उत्रिदैछ ।
सेमिफाइनलमा पराजित दुई राष्ट्र तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।
सेमिफाइनलको खेलमा साविक उपविजेतासमेत रहेको क्रोएसिया उपाधि दाबेदार राष्ट्र अर्जेन्टिनासंग ३–० ले पराजित भएको थियो ।
यता, उत्तर अफ्रिकी राष्ट्र मोरक्को भने साविक विजेता राष्ट्र फ्रान्ससंग २–० ले स्तब्ध भएको थियो ।
यो खेल खालिफा अन्तराष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
दुबै राष्ट्र आजको खेलमा जित हात पार्दै विश्वकपको सुखद अन्त्य गर्न चाहन्छ ।
यसअघि पनि समूह चरणको पहिलो खेलमा यी दुई राष्ट्रबीच आमनेसामने भएको थियो । जसमा दुबै राष्ट्रले गोलरहित बराबरी खेलेका थिए ।