भक्तपुर । नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका जे के सिनद्वारा लिखित रुट अफ नेपाल तेक्वान्दो नामक पुस्तक शनिबार विमोचन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच पुस्तक विमोचन गरे ।
चन्डोलस्थित कुन्दलिनी दरबार बैंक्युटमा भएको कार्यक्रम सिनका चेलाहरु रत्न पुन, चन्द्र गुरुङ, इन्द्र गुरुङ र डा. सुधा सेन मल्लले आयोजना गरेका हुन् ।
कार्यक्रमका वक्ताहरुले नेपाली तेक्वान्दोको विकास र विस्तारमा सिनको ठूलो योगदान रहेको बताउदै तेक्वान्दोका ऐतिहासिक व्यक्तित्वको पुस्तक विमोचन गर्न पाउनु गर्वको विषय धारणा व्यक्त गरे ।