एजेन्सी । बुरुसिया डर्टमण्डले जर्मन बुडेसलिगाअन्तर्गत खेलमा ड्रामस्टाड्ट ९८ माथि सहज जित निकालेको छ ।

सनिवार राति भएको खेलमा बुरुसिया डर्टमण्डले कमजोर प्रतिद्वन्दी ड्रामस्टाड्ट ९८ माथि ३–० को सहज जित निकालेको हो ।

ड्रामस्टाड्ट ९८ को घरेलु मैदान मेर्क स्टाडिअन एम बोलेनफाल्टर रंगशालामा भएको खेलमा भ्रमणकारी टोली डर्टमण्डको जितमा जुलियान ब्रान्ड्ट, मार्को रेउस र युस्सुफा मौकोकोले गोल गरे ।

खेलको २४ औं मिनेटमा जुलियानले गोल गर्दै भ्रमणकारी टोलीले सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ७७ औं मिनेटमा जोडन सान्चोको पासमा मार्कोले गोल थप्दा डर्टमण्ड २–० ले अघि बढ्यो ।

यता, खेलको अन्त्यतिर इन्जुरी समयको दोस्रो मिनेटमा मार्केल सबिस्टारको पासमा युस्सुफाले गोल थप्दा डर्टमण्ड ३–० ले विजयी भयो ।

सहज जितसंगै डर्टमण्डले १७ खेलमा ३० अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा रह्यने ।

पराजित ड्रामस्टाड्ट ९८ ले भने समान १७ खेलमा १० अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.