एजेन्सी । डेनमार्कलाई पराजित गर्दै जर्मनी युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सनिवार राति भएको खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै आयोजक जर्मनी युरोको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
डर्टमण्डस्थित सिग्नल इन्डुना पार्क रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन काइ हाभार्टेज र जमाल मुसियालाले गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३ औं मिनेटमा हाभार्टेजले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि युवा मिडफिल्डर मुसियालाले ६८ औं मिनेटमा निको स्कोलोटेरबेकको असिस्टमा गोल गर्दै जर्मनीलाई २–० ले पराजित गर्यो ।