
एजेन्सी । जर्मन प्रतिष्ठित प्रतियोगिता डिएफबी पोकलमा बायर लेभरकुसेनले विजयी सुरुवात गरेको छ ।
बुधवार राति भएको पहिलो चरणको खेलमा साविक विजेता समेत रहेको बायर लेभरकुसेनले कार्ल जेसिस जिनामाथि १–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
र्काल जेसिस जिनाको घरेलु मैदान अर्नस्ट अब्बे स्पोर्टफिल्ड स्टेडियममा भएको खेलमा भ्रमणकारी टोली लेभरकुसेनलाई जिताउन जोनास होफम्यानले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५२ औं मिनेटमा एलेक्स ग्रिमाल्डोको पासमा जोनास होफम्यानले एकमात्र निर्णायक गोल गरे ।
जितसंगै लेभरकुसेन प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।