
एजेन्सी । चर्चित फुटबलर डिएगो जोटाको निधन भएको छ ।
पोर्चुगल राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका जोटाको स्पेनमा कार दुर्घटनामा निधन भएको हो ।
२८ वर्षिय जोटा प्रिमियर लिग क्लब लिभरपूलबाट खेल्दै आएका थिए ।
लिभरपूलले केहि समय अघि सकेको सन् २०२४–२५ सिजनको प्रिमियर लिगको उपाधि जित्दा र पोर्चुगलले नेसन्स लिगको उपाधि दोस्रो पटक उचाल्दा पनि जोटा महत्वपूर्ण सदस्य थिए ।
जोटाले गएको हप्ता मात्रै विवाह गरेका थिए ।
दुर्घटनामा उनका भाईको पनि मृत्यु भएको युरोपेली मिडियाहरुले जनाएका छन् ।