एजेन्सी । बराबरी उन्मुख खेलको अन्तिम समयतिर गोल गर्दै अल नासेरले साउदी प्रोफेस्नल लिगमा डामाकमाथि संघर्षपूर्ण जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासेरले खेलको अन्तिम समयमा गोल गर्दै डामकमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।
डामकको घरेलु मैदान प्रिन्स सुल्तान बिन अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा एमेरिक लापोर्टेले निर्णायक गोल गर्दै अल नासेरलाई जिताए ।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा लापोर्टेले गोल गरेका हुन् ।
संघर्षपूर्ण जितसंगै अल नासेरले २७ खेलबाट ६७ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित डामाकको भने समान २७ खेलमा ३५ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ ।