
एजेन्सी । युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग खेलमा बुडेसलिगा क्लब बुरुसिया डर्टमण्डमाथि रोमाञ्चक जित निकाल्दै प्रिमियर लिग क्लब चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको खेलमा इंग्लिस क्लब चेल्सी २–० ले विजयी हुँदा समग्रमा २–१ को नतिजा आत्मसाथ गर्दै प्रतियोगिताको अन्तिम ८ पक्का गरेको हो ।
यसअघि जर्मन क्लब बुरुसिया डर्टमण्डलले आफ्नै घरेलु मैदानमा भएको पहिलो लेग खेलमा चेल्सीलाई १–० ले पराजित गरेको थियो ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा ४३ औं मिनेटमा रहिम स्टर्लिङको गालमार्फत घरेलु टोली चेल्सीले अग्रता लिएको थियो ।
त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा काइ हार्भाटेजले पेनाल्टीमार्फत गोल थप्दा चेल्सी २–० ले विजयी भयो ।
पराजित डर्टमण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।
त्यस्तै, गयराति नै भएको अर्को प्रि–क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेलमा क्लब ब्रुगमाथि ५–१ को फराकिलो जित निकाल्दा समग्रमा ७–१ को जितका साथ पार्दै बेन्फिका च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।