एजेन्सी । युरोपेली फुटबलमा बलियो मानेको फ्रान्सले नेडरल्याण्डमाथि फराकिलो जित हात पार्दै युरो कप छनोटमा सुखद सुरुवात गरेको छ ।
शुक्रवार राति भएको खेलमा बलियो टोली फ्रान्सले डच टोलीमाथि ४–० को फराकिलो जित हात पारेको हो ।
स्टेद दि फ्रान्स रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि कप्तान केलियन एम्बाप्पेले २, एन्टोनी ग्रिजमन र देउट उपामेकानोले समान १–१ गोल गरे गोल गरे ।
खेल सुरु भएको १२० सेकेन्डमै एम्बाप्पेको पासमा ग्रिजमनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ८ औं मिनेटमा उपामेकानोले गोल गर्दा फ्रान्स २–० ले अघि बढ्यो ।
एकतर्फी दवाव कायम गरेको फ्रान्सले २१ औं मिनेटमा एम्बाप्पेको गोलमार्फत अग्रता तेब्बर पारे ।
दोस्रो हाफको ८८ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा फ्रान्स खेलमा ४–० ले विजयी भयो ।
पराजित नेडरल्याण्डले खेलको अन्त्यतिर पाएको पेनाल्टीमा मेम्फिस डिपे चुक्दा सान्तोना गोल गर्ने अवसर गुमाएको थियो ।
जितसंगै समूह ‘बी’ मा रहेको फ्रान्सले ३ अंक जोडेको छ ।
शुक्रवार राति नै भएको अन्य खेलहरुमा रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले स्विडेनमाथि ३–० को जित रच्दा ग्रिसले गिब्राल्टारमाथि ३–० को जित निकाल्यो ।
त्यस्तै, बुल्गेरिया मोन्टेनेग्रोसंग १–० ले पराजित रहँदा मोल्दोभा र फारोइ आइजल्याण्डले १–१ को बराबरी खेले ।
यता, चेक रिपब्लिकले पोल्याण्डमाथि ३–१ को जित हात पार्दा अष्ट्रियाले अजरबैजानमाथि ४–१ को जित निकाल्यो । अ
न्तिम खेलमा सर्बियाले भने लिथयानामाथि २–० को जित निकाल्यो ।