भक्तपुर । ट्राइब्रेकरमा जित निकाल्दै नेपाल सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आईतवार भएको सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी भारतलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै नेपाल महिला साफको फाइनलमा प्रवेश गरेको हो ।

हारसंगै सर्वाधिक पाँचपल्टको सफल टोली भारत प्रतियोगिताबाट बाहिरिएको छ ।

साविक उपविजेता नेपाललाई फाइनलमा पु¥याउन नेपालका लागि पेनाल्टीमा साबित्रा भण्डारी साम्बा, गिता राणा, सविता राणामगर र अमिषा कार्कीले गोल गरे ।

भारतका लागि भने मनिषा कल्याण र अञ्जना देसाईले मात्र पेनाल्टीमा गोल गर्न सके ।

भारतकी कप्तान आशलता देबी र रञ्जना चानुको प्रहार भने नेपालकी गोलकिपर अन्जना राणामगरले बचाउ गरे ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको विवादास्पद खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइयो ।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा पुग्दा नाटकिय रुप लियो ।

दोस्रो हाफको सुरुतिरै नेपालकी फरवार्ड रेखा पौडेलले दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा नेपाल १० खेलाडीमा समेतियो ।

रेखा मैदानबाट बाहिरिएसंगै केहि समय खेल रोकिन पुगेको थियो ।

दर्शक दिर्घाबाट केहि अवरोध उत्पन्न भएसंगै रेफ्रीले केहि समयका लागि खेल रोकेका थिए ।

पुनः सुरु भएको खेलको ७१ औं मिनेटमा भारतले गोल गर्दा नेपाल १–० ले पछि परेको थियो ।

तर, त्यस लगत्तै रेफ्रिको इसारासंगै बल चालेको नेपालले सिद्वै गोल गरे ।

तर, भारतिय खेलाडीहरु तयार नभएको भन्दै रेफ्रीले गोल दिएन ।

त्यसपछि नेपाली टोलीले विरोध गर्दा खेल एक घण्टा ६ मिनेट भन्दा बढी रोकिन पुग्यो ।

तनाव मथर भएसंगै सुरु भएको खेलमा १४० औं मिनेटमा प्रिति राईको असिस्टमा साम्बाले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।

अब नेपालले उपाधिका लागि साविक विजेता बंगलादेशसंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.