एजेन्सी । युनाइटेड अरब इमिरेट्स (युएई) माथि ट्राइब्रेकरमा जित हासिल गर्दै ताजकिस्तन एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आईतवार राति भएको खेलमा युएईमाथि ट्राइब्रेकरमा ५–३ को जित हासिल गर्दै ताजकिस्तान एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

कतारस्थित अहमद बिन अली रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थप अतिरिक्त ३० मिनेट लम्बिएको थियो ।

अतिरिक्त समयमा पनि गोल नभउपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भयो ।

ताजकिस्तानको जितमा अख्टम नाजारोभ, भाख्दाट खानोनोभ, इच्सन पानशानबे, रुस्तम सोइरोभ र अलीशेर शुकुरोभले पेनाल्टीमा गोल गगरे ।

उता, युएईका लागि भने अब्दुल्ला इद्रिस, फाबियो लिमा र अली सालेहले गोल पेनाल्टीमा गोल गर्दा काइयो कानेगोको प्रहार गोलमा परिणत भएन ।

त्यसअघि खेलको ३० औं मिनेटमा भख्दट खानोनोभको गोलमार्फत् ताजकिस्तानले सुरुवाती अग्रता लियो ।

तर, खेलको अन्त्यतिर निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको पाँचौं मिनेटमा युएईका लागि खालिफा अल हाम्मदीले सनसनी गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

ट्राइब्रकरमा हारसंगै युएई भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.